काठमाडौं । आज देशभर ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । प्रत्येक वर्ष चैत २० गते विविध कार्यक्रमसहित मनाइने परम्परा अनुसार यस वर्षको सहकारी दिवस ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको अपरिहार्यता’ भन्ने मूल नारासहित मनाइँदैछ ।

सहकारी क्षेत्र वर्तमानमा देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । देशभर करिब ३० हजार सहकारी संस्था दर्ता भइसकेका छन् र यस क्षेत्रमा ६० लाखभन्दा बढी सदस्य आवद्ध छन्। सहकारी क्षेत्रले प्रत्यक्ष रूपमा करिब ५० हजार र अप्रत्यक्ष रूपमा पाँच लाख नागरिकलाई रोजगारी प्रदान गरेको बताइन्छ। कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान समेत सहकारी क्षेत्रमा देखिन्छ ।

सहकारीको सङ्ख्यात्मक विकास भए पनि गुणस्तर बढाउन चुनौती देखिएको छ । विविध विकृति र विसङ्गतिका कारण सहकारीहरूको लोकप्रियता पछिल्लो समय कम हुँदै गएको छ । यसै कारण आजको दिन सहकारीको महत्व, पारदर्शिता र व्यवसायिक सुधारतर्फ ध्यानाकर्षण गराउने अवसरको रूपमा लिइन्छ ।

Nepal Telecome