रामेछाप । काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा ’होल्ड’ गरिएको छ।

Nepal Telecome

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले आइतबार दिउँसो १२ः३३ बजे जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत सडकमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी तत्कालका लागि सवारी सञ्चालन रोकिएको जनाएको हो।

प्रहरीका अनुसार सडकमार्गमा कुनै अवरोध नरहेको अवस्था सुनिश्चित भएपछि अर्को सूचना जारी गरी बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन भएको जानकारी गराइनेछ।

जिल्ला प्रहरी कार्यालयले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै थप जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर १०० तथा ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।