गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाले यहि फागुन २ गते प्रथम शहिद लखन थापा मगरको स्मृति दिवस मनाउने भएको छ। जहानियाँ राणशासनको विरुद्ध जनसंगठन बनाई लड्दा मृत्युदण्ड पाएका प्रथम शहिद लखन थापा मगरको स्मृतिमा गाउँपालिकाले फागुन २ गते स्मृति दिवस मनाउन लागेको हो।
सो अवसरमा गाउँपालिकाले वडा नं. ७ स्थित बुंकोटमा विविद्य कार्यक्रम गरी स्मृति दिवस मनाउन लागेको गाउँपालिकाका शिक्षा एवं कार्यक्रम संचालक मोहनराज विष्टले जानकारी दिनुभयो।

Nepal Telecome

यसैबिच प्रथम शहिद लखन थापा मगरले सदाहत प्राप्त गरेको दिन फागुन २ गते गाउँपालिकाभर सार्वजनिक विदा दिने भएको छ। गाउँपालिकाले हरेक वर्ष झै यसवर्ष पनि उक्त दिन सार्वजनिक विदा दिने भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन बहादुर आले मगरले जानकारी दिनुभयो।
https://youtu.be/WXtCVpSRwP0