काठमाडौं । एसिड आक्रमणका घटना बढेपछि सरकारले यसको खरिद–बिक्रीमा कडाइ गरेको छ । सरकारले अब एसिड किन्नका लागि गृहको स्वीकृति लिनुपर्ने प्रावधान गर्न लागको हो ।
एसिड खरिद गर्न चाहने उद्योगी, व्यवसायीले खरिदको उद्देश्य र आफूलाई चाहिएको मात्रा उल्लेख गरी गृह मन्त्रालयमा निवेदन दिनुपर्ने छ । गृह मन्त्रालयले जरुरी सूचना जारी गर्दै एसिड खरिद–बिक्रीमा कडा प्रावधान राखिएको जानकारी दिएको हो।
कानुनबमोजिम दर्ता वा इजाजत प्राप्त कुनै उद्योगलाई औद्योगिक प्रयोजनका लागि एसिड वा अन्य घातक रासायनिक पदार्थ खरिद गर्नुपरे मन्त्रालयबाट अनिवार्य अनुमति लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

Nepal Telecome