तस्विरहरू : सक्षम घिमिरे/ नेपाल न्यूज बैंक
बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी भक्तपुर नगरपालिका वडा नं. ५ मा पर्ने पाँचतल्ले मन्दिर र त्यसको परिसरमा गरिएको सामूहिक धिमे बाजा प्रदर्शन तथा नृत्यले सबैको ध्यान आकर्षित गरेको छ। पाँचतल्ले मन्दिर परिसरको खुट्किलाहरूमा लहरै बसेर बोल, सुर र तालमा बजाइएको धिमे बाजाको तालमा महिलाहरुले नृत्य प्रदर्शन गरेका छन् । नेवारी भेसभुसा लगाएका महिलाहरुले धिमे बाजाको तालमा एकसाथ नृत्य गरेकाे तस्विरमा देख्न सकिन्छ।