सुर्खेतमा गुलमोहर फूल्न सुरु भएसँगै वीरेन्द्रनगरका सडक किनार र आसपासका क्षेत्रहरु राता र निलो रंगका फूलहरुले ढकमक्क भएका छन् । चर्को घामको बीचमा ढकमक्क फुलेका गुलमोहरले वीरेन्द्रनगर सौन्दर्य झनै बढाएको छ । गर्मी बढेसँगै दिउँसोको समयमा सडकमा मानिसको चहलपहल कम देखिन्छ, जसले सडक सुनसानजस्तै बनेका छन् । प्रकृतिको रङ्गीन सौन्दर्य र गर्मीको असर एकैसाथ झल्काउने दृश्य यतिबेला सुर्खेतमा देख्न सकिन्छ ।












