काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको बताएका छन् ।

बिहीबार बकर ईद (ईद–उल–अज्हा)का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बकर ईदले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहकार्य र सामाजिक एकताको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

उनले विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र चाडपर्वहरूको संगमस्थलका रूपमा रहेको नेपाली समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम रहेको उल्लेख गरे ।

Nepal Telecome

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो । प्राचीन कालदेखि नै विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति तथा चाडपर्वहरूको संगमस्थलका रूपमा रहेको हाम्रो समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम रहँदै आएको छ,’ शुभकामना सन्देश उल्लेख छ ।

उनले यस्ता पर्वहरूले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूबीच एकताको सन्देश प्रवाह गर्ने बताए । उनले सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त समेत गरे ।