काठमाडौं । जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको छानविन प्रतिवेदन तत्काल कार्यान्वयन गर्न जेनजीले माग गरेको छ । आइतबार पत्रकार सम्मेलनमा ‘राष्ट्रिय जेनजी–नागरिक अभियान’ले सत्ताको छायाँमा नपरी निष्पक्ष कार्यान्वयन गर्नुपर्ने मागसमेत गरेको छ ।
अभियानका सह–संयोजक अजय सोडारीले आयोगले सार्वजनिक गरेको प्रतिवेदन अपुरो भए पनि सत्य–तत्थ्य ल्याएको बताएका छन् ।
सो प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन गर्न मागसमेत गरेका छन् । सोडारीले आयोगले सरकारका मान्छेहरुलाई बचाउने गरि प्रतिवेदन ल्याएको आरोप लगाए । उनले यो प्रतिवेदन सरकार, सत्ता अनि बालेनको प्रभावमा परेर उनका मान्छे बचाउने पक्षपाति प्रतवेदनमाथि गम्भीर प्रश्न रहेको बताए ।
आयोगले गर्ने कार्यको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव पर्नेहुँदा त्यसरी कसैसको छायाँमा पर्नु दुर्भाग्य भएको बताउँदै भने,‘यो आयोग गौरिबहादुर कार्कीलाई टप्प टिपेर ल्याएको जस्तो हैन, सत्ताशीन पार्टीका दोषीहरु, सिंहदरबार जलान उक्साउनेलाई किन छाडियो ?’
अभियानका सचिव प्रकाश बमले आफूहरुको व्यापक दबाबपछि सार्वजनिक भएको प्रतिवेदन हुबहु कार्यान्वयन गरिनुपर्ने माग गरे ।
आन्दोलनमा मानवअधिकार उल्लङघनकर्तालाई कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्ने पनि बमको माग छ ।
अभियानका प्रवक्ता विर्जन विश्वकर्माले आयोगले प्रतिवेदन ढिलो सर्वजनिक गरे पनि स्वागत योग्य भएको बताए । प्रतिवेदनमा जेनजी सुशील बुढाथोकीले वर्तमान सरकारले सुशासन र न्यायका कुरा गरेपनि पुराना र उनिहरुबीच तात्वीक भिन्नता नदेखिएको आरोप लगाए । बुढाथोकीले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरे ।
जेनजी अभियान्ता सुप्रिया नेपालीले जेनजीको बलबाट बनेको बालेन सरकारले जेनजीका दोषिहरुलाई नछाड्नेमा विश्वास रहेको बताईन् ।
जेनजी कृष्ण मोहन सहानीले जेनजी आन्दोलनका दोषिहरुलाई उम्मुक्ति दिन नहुने बताए ।जेनजी सुनिल विकले प्रतिवेदन कार्यान्वयन नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । जेनजी रमेश रावतले वर्तमान सरकार पनि पुरानै ढर्रारामा चलेको आरोप लगाए ।