काठमाडौँ- सम्झना वि.क काे न्यायका लागि युवा संघर्ष समिति सडकमा निस्किएका छन् । बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नम्बर २ मा बलात्कारपछि हत्या भएकी बालिका सम्झना बि क लगायत देशभरि भइरहेका हत्या,हिंसा र बलत्कारमा संलग्न दोसीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै “संयुत दलित युवा संघर्ष समिति” द्वारा विराेध कार्यक्रम गरेको छ ।

Nepal Telecome

आज शनिबार माइतिघर मण्डलामा आयाेजित उक्त विराेध कार्यक्रममा अखिलका अध्यक्ष ऐन महर, नेविसंघका अध्यक्ष राजिव ढुङ्गाना, नेविसंघका नेता नारायण हमाल, नेविसंघका पुर्व केन्दिय सदस्य लाेकेन्द्र राेकाया, नेपाली कांग्रेस बझाङका उपसभापति ज्ञान बहादुर वाेहाेरा लगायतका उपस्थितिमा विराेध कार्यक्रम गरिएको थियो ।