" /> मेलम्चीकै पानी ल्याउने क्रममा ज्या न गुमाएका इन्जिनियर र बेपत्ता चालकबारे कसैले बोल्ने ‘कष्ट’ गरेनन् – News of Global

News of Global शुक्रबार, चैत्र २७, २०७७

काठमाण्डौ । मेलम्चीको मुहान भएको हेलम्बु गाउँपालिका–१, अम्बाथानको १७ नम्बर गेट गत असार ३० मा फुट्दा पानीले इन्जिनियर सतीश गोइत र सवारी चालक राधाकृष्ण थापामगरलाई बगायो । यो घटनाको आठ महिना २० दिनपछि गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको उद्घाटन गरिन् ।त्यसयता मेलम्चीको पानी काठमाडौं ल्याएको जस लिने राजनीतिक भाषण सार्वजनिक वृत्तमा बाक्लिएका छन् । तर यही मेलम्चीकै पानी ल्याउने क्रममा ज्या न गुमाएका इन्जिनियर र बेपत्ता चालकबारे कसैले बोल्ने ‘कष्ट’ गरेनन् ।तीनै जनाले कन्ट्रोल कक्षको स्विच थिचेर उद्घाटन गरेपछि अस्थायी डाइभर्सनबाट सुरुङको मुख्य गेटसम्मको २ सय ७० मिटर पानी बग्यो । त्यसपछि मेलम्चीको पानी काठमाडौंसम्म ल्याइपुर्‍याउने काम विभिन्न चरणमा चल्यो । घटना हुँदा राधाकृष्णका छोरा संगम मलेसियामा थिए । कोरोना संक्रमणको दर तीव्र बनेकाले मलेसिया–काठमाडौं उडान भन्नेबित्तिकै हुने अवस्थामा थिएन । घटनाको दुई सातापछि बल्लतल्ल उनी नेपाल आए । सुरुवाती दिनमा सुरक्षा निकायले पनि राधाकृष्णको श व खोज्न चासो देखाएको थियो ।हराएका सवारी चालक राधाकृष्णको दाहसंस्कार परिवारले श वबिनै गरिसकेको छ । श व नभेटिँदै घटनाको ५ महिना १० दिनपछि गत फागुन १० मा खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर हतारका साथ मेलम्चीको मुहानस्थल पुगेका थिए

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]