काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि गठन भएको कार्यदलले दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको छ।

कार्यदलले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रतिवेदन बुझाएका हुन् । स्रोतका अनुसार कार्यदलले बुझाएको प्रतिवेदनमा एउटा अध्यक्षले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्षले पार्टीको काम सञ्चालन गर्ने भन्ने उल्लेख छ।

Nepal Telecome

यसैगरी, प्रतिवेदनमा महाधिवेशनको तयारी गर्ने,पार्टी एकताको काम पूरा गर्ने,महाधिवेशनको कार्ययोजना बनाउने रहेको छ। मन्त्रिमण्डल पुनर्गठन गर्ने,प्रचलित मान्यता अनुसार राजनीतिक नियुक्तिहरू गर्नेलगायत पनि प्रतिवेदनमा छन्।

पार्टीमा उत्पन्न समस्या समाधानका लागि विभिन्न कुराहरू,स्थायी कमिटीमा उठेका विभिन्न कुराहरूको सम्बन्धमा राय सुझाव प्रतिवेदनमा समावेश गरिएको छ । पार्टीमा उत्पन्न समस्या,अन्तरविरोधको समाधान खोज्ने र पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने आशयबाट प्रतिवेदन बुझाइएको स्रोतले बतायो ।

त्यस्तै कार्यदलले अमेरिकी विकास परियोजना एमसिसी परिमार्जन नगरी पारित गर्न नहुने सुझाव दिएको छ। कोभिड(१९ को रोकथामका लागि प्रभावकारी तरिकाले अगाडि बढ्न सुझाव दिएको कार्यदलले सीमा विवादलाई कुटनीतिक तवरले समाधान गर्नुपर्ने भनेको छ।

नेकपा विवाद समाधानका लागि प्रस्ताव तयार पार्न ८ दिनअघि कार्यदल गठन भएको थियो।