काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक लिमिटेडले आफ्नो स्थापनाको ४२औं वार्षिकोत्सव मनाउँदै गर्दा देशको वास्तविक अर्थतन्त्रलाई बलियो बनाउन आफ्नो लगानी केन्द्रित गरेको छ ।

‘बैंकिङ्ग एण्ड बियोन्ड’ को मूल नाराका साथ अघि बढेको बैंकले परम्परागत बैंकिङ्गभन्दा माथि उठेर मुलुकको दिगो विकासमा टेवा पुग्ने क्षेत्रहरूमा आक्रामक रूपमा कर्जा विस्तार गरिरहेको छ ।

Nepal Telecome

आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्मको तथ्याङ्क अनुसार, बैंकले प्रवाह गरेको कुल ४ खर्ब ६४ अर्ब रुपैयाँ कर्जामध्ये ठूलो हिस्सा कृषि, ऊर्जा, र साना तथा मझौला उद्यममा रहेको छ ।

बैंकले मुलुकको खाद्यान्न आत्मनिर्भरता र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेको छ । त्यसैगरी, देशको उज्यालो भविष्यसँग जोडिएको जलविद्युत र ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ लगानी गर्दै नबिलले राष्ट्रिय ऊर्जा संकट समाधान र निर्यात प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

बैंकको लगानीको अर्को बलियो खम्बाको रूपमा लघु, घरेलु, साना तथा मझौला उद्यम रहेको छ । तल्लो तहमा रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्न बैंकले यस क्षेत्रमा ४५ अर्ब ९२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । साथै, विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मानिने पर्यटन क्षेत्रमा पनि बैंकले ११ अर्ब १० करोड रुपैयाँ लगानी गरी पर्यटन पूर्वाधार विकासमा सहयोग पु¥याएको छ ।

यी क्षेत्रहरूमा गरिएको कुल लगानी १ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी छ, जसले बैंकको कुल कर्जा पोर्टफोलियोको उल्लेखनीय हिस्सा ओगट्छ । ४२ वर्षअघि सन् १९८४ मा स्थापना हुँदा केवल १३ करोड ३० लाख रुपैयाँ मात्र कर्जा लगानी गरेको बैंकले अहिले ४ खर्ब ६४ अर्बको उचाइ तय गर्नुमा उत्पादनशील क्षेत्रप्रतिको विश्वास नै मुख्य कारण रहेको बैंकले जनाएको छ ।

२६४ शाखा र ३१५ एटीएमको राष्ट्रव्यापी सञ्जालमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको नबिलले डिजिटल प्लेटफर्म मार्फत पनि यस्ता कर्जा सुविधाहरूलाई ग्राहकको सहज पहुँचमा पु¥याएको छ ।

आफ्नो वित्तीय यात्रामा आठ पटकसम्म ’उत्कृष्ट करदाता’ र १० पटकसम्म ’नेपालको उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड प्राप्त गरिसकेको नबिल बैंकले आगामी दिनमा पनि जिम्मेवार बैंकिङ्गको माध्यमबाट नेपालको आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकले केवल नाफा आर्जन मात्र नभई, दिगो विकास लक्ष्यहरू प्राप्त गर्न र ग्रामीण स्तरसम्म वित्तीय समावेशिता पु¥याउन आफ्ना लगानीका क्षेत्रहरूलाई थप विविधिकरण गर्दै लैजाने लक्ष्य लिएको छ ।