काठमाडौं। बचत रकम फिर्ता र न्यायको माग गर्दै लघुवित्त पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा सामूहिक आमरण अनसन सुरु गरेका छन्।
‘सामाजिक न्यायको आन्दोलन’ भन्दै अनसनमा बसेका पीडितहरूले सबै बचतकर्तालाई समान रूपमा बचत रकम फिर्ता गराउन सरकारसँग माग गरेका छन्। उनीहरूले सम्बन्धित निकायलाई तत्काल समस्या समाधानका लागि प्रभावकारी पहल गर्न आग्रह गरेका छन्।



