काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकरनजिक आइरहेको छ । यही पर्वलाई ध्यानमा राखी धेरै कलाकारहरुले तीज गीत सार्वजनिक गरिरहेका छन् । यहि क्रममा अमेरिकामा बस्दै आएका युवा समाजसेवी तथा हजारौँ दुःखी तथा बिरामीलाई सहयोग गर्दै आएका समाजसेवी तारादेव डिसीको लगानीमा मौलिक तीज गीत ‘नाच भन्छे मैना’ सार्वजनिक भएको छ ।

तारादेव डीसीको लगानी तथा उनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा गायक तथा सर्जक राजन कार्कीको शब्द तथा संगीत रहेको छ । गीतमा चर्चित लोकदोहोरी गायिका तथा टिकटक स्टार सुजता सृजालले स्वर दिएकी छन् । गीतमा याम थापा मगरको एरेन्ज छ ।

Nepal Telecome

हरितालिका तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘नाच भन्छे मैना’ छमछम नाच्न र रमाइलो गर्न मिल्ने शैलीमा तयार पारिएको छ । मौलिक नेपाली तीजको भाव, मनोरञ्जन र नृत्यलाई केन्द्रमा राखिएको गीतले दिदीबहिनीहरूलाई आकर्षित गरिरहेको छ ।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल टिकटक तथा युट्युबमा यसको चर्चा बढ्दै गएको छ । विशेषगरी तीजको अवसरमा दिदीबहिनीहरूले ‘नाच भन्छे मैना’ गीतमा भिडियो बनाउँदै सामाजिक सञ्जालमा शेयर गर्न थालेका छन् ।

कुमार केसीको निर्देशनमा गीतको भिडियो निर्माण गरिएको छ । अजय रेग्मीको छायांकन रहेको भिडियोमा अमृत चापागाईको सम्पादन रहेको छ । सुरेश पाण्डेको कोरियोग्राफीमा तिर्सना बराईली र अशोक पौडेल फिचर्ड छन् ।

मौलिक तीज गीतको प्रवर्द्धनसँगै समाजसेवा क्षेत्रमा सक्रिय तारादेव डीसीको सांगीतिक लगानीलाई पनि सकारात्मक रूपमा हेरिएको छ । ‘नाच भन्छे मैना’ले आगामी दिनमा थप दर्शक तथा श्रोताको माया पाउने अपेक्षा गरिएको छ ।