काठमाडौं । नेपाली बाल प्रतिभालाई विश्वसामु चिनाउने तथा उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजित ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल–२०२६’ मा एकै मञ्चबाट ६ विजेता घोषित भएका छन् ।

शनिबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगितामा टडलर्स, जुनियर र सिनियर गरी तीन विधामा ब्वाइज र गर्ल्सतर्फ ६ विजेता छनोट गरिएको हो ।

Nepal Telecome

प्रतियोगिताअन्तर्गत टडलर्स ब्वाइजतर्फ आयांश श्रेष्ठ र टडलर्स गर्ल्सतर्फ आज्ञाश्री धमला विजेता घोषित भए । त्यस्तै जुनियर ब्वाइजतर्फ हृदयन्द्र प्रजापती र जुनियर गर्ल्सतर्फ सान्वी के.सी.ले उपाधि जिते । सिनियर ब्वाइजतर्फ सद्भाव बस्नेत र सिनियर गर्ल्सतर्फ कृश्निका दुवाल शीर्ष उपाधि विजेता बने ।

दशौँ संस्करणको प्रतियोगितामा टडलर्स ब्वाइजतर्फ शौर्यम आचार्य फस्ट रनरअप र आरिभ जंग खड्का सेकेन्ड रनरअप बने । टडलर्स गर्ल्सतर्फ नयनिका लामा फस्ट रनरअप र आरुषी दाहाल सेकेन्ड रनरअप भए ।

त्यस्तै, जुनियर ब्वाइजतर्फ शौनित अधिकारी फस्ट रनरअप र प्रियांश सापकोटा सेकेन्ड रनरअप चुनिँदा जुनियर गर्ल्सतर्फ पेमा लामा फस्ट रनरअप र एप्रिल अर्याल सेकेन्ड रनरअप भए ।

सिनियर ब्वाइजतर्फ प्रतीक कठायत फस्ट रनरअप र शिशिर राई सेकेन्ड रनरअप बने भने सिनियर गर्ल्सतर्फ इशा काफ्ले फस्ट रनरअप र अमेई बैनत्वा सेकेन्ड रनरअप घोषित भए ।

प्रतियोगितालाई निष्पक्ष र विश्वसनीय बनाउन सम्झना गिरी (संस्थापक÷प्रिन्सिपल, यूरो स्कुल भक्तपुर), वर्षना थापा (हेड अफ स्कुल, युनिग्लोब स्कुल कमलादी), अनामिका कार्की (सञ्चालक समिति सदस्य÷भर्ना प्रमुख, काठमाडौं यूरो आईबी वल्र्ड स्कुल), लव कार्की (वरिष्ठ सञ्चारकर्मी), शिरीष आर. तुलाधर (नायब प्रबन्धक÷डेपुटी म्यानेजर, सिजी होल्डिङ्स), मणि के. राई (अभिनेता) र रती शाह (प्रमुख कार्यकारी अधिकृत, म्यानिफेस्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सी) लगायत प्रतिष्ठित व्यक्तित्व निर्णायक रहेका थिए ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित प्रतियोगिता यूरो स्कुल भक्तपुरको प्रस्तुति तथा काठमाडौं वल्र्ड स्कुलको सहकार्यमा सम्पन्न भएको हो । प्रतियोगिताले बालबालिकामा रहेको प्रतिभा उजागर गर्दै उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा योगदान पु¥याएको आयोजकले जनाएको छ ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकाको प्रतिभालाई निखार्दै उनीहरूलाई भविष्य निर्माणका लागि सक्षम बनाउनु रहेको बताए । उनका अनुसार प्रतियोगिताले बालबालिकामा आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । साथै, उनीहरूले कला तथा प्रतिभाका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउन सक्ने फैजुको भनाइ छ ।

प्रतियोगिताको कोरियोग्राफी फैजुले नै गरेका थिए भने आकर्षक ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । प्रतियोगिताका विजेता तथा रनरअपहरूलाई विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।