काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

यसैगरी, सोमबार दिउँसो प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागका १–२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने, सोमबार राति प्रदेश नं १ लगायत देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, मंगलबार दिउँसो प्रदेश नं १ लगायत देशको अन्य पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ भने, मंगलबार राति प्रदेश नं १, लुम्बिनी प्रदेश र बाग्मती प्रदेश लगायत देशको अन्य पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

Nepal Telecome

त्यस्तै, बुधबार दिउँसो देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ भने, बुधबार राति देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।