" /> नारी दिवसमा चलचित्र आमा र कुमारीको प्रदर्शन गरिने – News of Global

News of Global शनिबार, फाल्गुण २२, २०७७

काठमाडौं । १ सय ९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा २४ फागुनमा पुरानो दुई नेपाली चलचित्र ‘आमा’ तथा ‘कुमारी’ प्रदर्शन गरिने भएको छ ।
चलचित्र विकास बोर्ड तथा ब्रिटिश काउन्सिल नेपालको संयुक्त आयोजनामा उक्त चलचित्र प्रर्दशनमा आउने भएको हो । नारीको भूमिकाको बिषयमा एक कार्यपत्र तयार गर्ने उदेश्यले दुई पुराना चलचित्र प्रर्दशन हुन लागेको चलचित्र बिकाश बोर्डका अध्यक्ष्य दयाराम दाहालले बताए।
‘आमा’ विसं २०२० मा निर्माण भएको पहिलो नेपाली चलचित्र हो, भने ‘कुमारी’ २०२७ मा निर्माण भएको पहिलो नेपाली रंगीन चलचित्र हो ।

नारी दिवसका दिन ‘सांस्कृतिक कलाकृतिका रुपमा चलचित्र’ तथा ‘चलचित्रमा महिलाको अवस्था’ विषयक एक दिने अन्तरक्रियात्मक कार्यक्रम आयोजना हँदैछ । जसमा बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्रकर्मी शबनम् मुखिया लगायतले चलचित्रको सांस्कृतिक महत्व, नेपाली चलचित्रमा महिलाको अवस्थाको बारेमा आफ्नो धारणा राख्नेछन् । सँगै अभिनेत्री भुवन चन्द, चैत्यदेवि सिंह, मिथिला शर्मा, गौरी मल्ल, रक्षा सिंह राणा, रेखा थापा, ऋचा शर्मा लगायतले पनि कार्यक्रममा आफ्नो बिचार धारणा व्यक्त गर्नेछन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]