इलाम । गीतकार तथा कवि युवराज अधिकारीलाई आफ्नै गृहजिल्ला इलाममा सम्मान गरिएको छ । वि.सं. २००९ मा नेपालमा पहिलो राष्ट्रिय कवि गोष्ठी तथा बौद्धिक सम्मेलन भएको करफोक माध्यमिक बिद्यालयलको प्राङ्गणमा गीतकार अधिकारीलाई सम्मान गरिएको हो । काठमाडौबाट गीतकार कवि अधिकारीसँगै आउनुभएका विश्वबिमोहन श्रेष्ठ र लव गाउँलेको सम्मानमा ऊक्त विद्यालयले एक साहित्यिक कार्यक्रमको आयोजना गरेको हो ।

कारफोक विद्यालय संचालक समितिका अध्यक्ष अर्जुन निरौलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालय प्रधनाध्यापक गणेशप्रसाद आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको ऊक्त कार्यत्क्रममा करफोकका एवम छिमेकी बिध्यालयका शिक्षक विद्यार्थी सुजन दुलाल, अञ्जिला थामी, उमानाथ गर्तौला, अनिसा अधिकारीलगायतले गीत गजल मुक्तक कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय कविहरू नरहरि शर्मा, गणेश निरौला, डी।पी।वास्तोला, लता गौतम अधिकारी, रीना राई समेतले हस्यव्यँग्य कविता, मुक्तक, गजल वाचन गरेका थिए । स्थानीय गायक पुजन प्रधानले गीतकार युवराज अधिकारीको देउरालीको फूल एल्बमको ‘विश्वास गर आफैलाई नै’ गीत गाएर सुनाएका थिए । गीतकार तथा कवि युबराज अधिकारी, विश्वबिमोहन श्रेष्ठ र लव गाउँलेले कविता तथा मुक्तक वाचन गरेका थिए । कवि बिमल बैद्य तथा साहित्यकार केदार शर्माको सक्रिय सहभागिता रहेको यस कार्यक्रममा विद्यालयको तर्फबाट नृत्य तथा कराते कौशलसमेत प्रस्तुत भएको थियो ।

Nepal Telecome

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईद्वारा कवि युवराज अधिकारीलाई नगरपालिकाको तर्फबाट सम्मानपत्र दिएर सम्मानित गरेका थिए । ऊक्त कार्यक्रममा गीतकार अधिकारीले आपनो एल्बम ‘देउरालीको फूल’ विक्रीबाट सङ्कलित रकम र त्यस्मा केही थप गरी रु. २ लाखको अक्षय कोष खडा गरी त्यसबाट प्राप्त हुने रकमबाट सूर्योदय नगरपालिका क्षेत्रभित्रका साहित्य तथा सङ्गीतका प्रतिभाहरूलाई निकट भविष्यमा पुरस्कृत गरिने बताउनु भयो । करिब ४ घन्टासम्म चलेको ऊक्त कार्यक्रम साहित्यकार एवं स्कुलका शिक्षक सुभाष राईले सञ्चालन गरेका थिए ।