काठमाडौं । नेपालमा आइतबार २१३ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्।

Nepal Telecome

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ। तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना डिस्चार्ज्ड भएका छन्। अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।
आइतबारसम्म ९६ हजार २ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ। हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्।