ठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार सस्मित पोखरेलले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । सोमबार उनले टोखा क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् । घरदैलो कार्यक्रमका क्रममा उनले मतदाताबाट उत्साहजनक समर्थन पाएको बताएका छन् ।

नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै पोखरेलले घरघर र टोलटोलबाट ‘घण्टी’ भन्दै व्यक्त भइरहेको समर्थनले आफूहरूलाई थप ऊर्जा मिलेको बताए । उनले मतदाताको मुख्य चाहना सामान्य शिक्षा र स्वास्थ्य सेवा सहज तथा सुलभ रूपमा उपलब्ध हुनु, रोजगारीको अवसर सिर्जना हुनु र नेपालमै बस्ने वातावरण निर्माण हुनु रहेको उल्लेख गरे । उनले नागरिकहरूले सम्पदाको संरक्षण, सडक सुधार, खानेपानीको समस्या समाधान र धुलो नियन्त्रणजस्ता आधारभूत विषयमा चासो व्यक्त गरेको बताए ।

उनले भने, ‘धेरै माया र सर्पोट पाइरहेका छौं घरदैलोका क्रममा घरघरबाट, टोलटोलबाट घण्टी घण्टी भनेर भनिरहँदा उर्जा पनि थपिएको छ । धेरै ठूलो चाहना कसैको पनि छैन । सामान्य शिक्षा, स्वास्थ्य, सहज सुलभ होस् भन्ने जनताको चाहना छ । नेपालमै बस्ने वातावरण होस् भन्ने जनताको अपेक्षा छ । सम्पदाहरुको सुरक्षा, बाटो राम्रो होस्, पानीको समस्या नहोस्, धुलो नहोस् यो बाहेक ठूलो सपना केही पनि छैन जनताको ।’

Nepal Telecome

मतदातासँग उनले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव संकलन गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाएका छन् ।