काठमाडौं । शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सिजन–३ को ग्राण्ड फिनाले मंगलबार मध्यराति सम्पन्न भएको छ । ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्डमा हाउस अफ फेसन नेपालद्वारा शान्त, भव्य तथा मर्यादित वातावरणमा आयोजित समारोहबाट नौ जना विजेता घोषणा गरिएको हो ।
ग्राण्ड फिनालेमा २१ जना विवाहित महिला प्रतिस्पर्धीहरूले सहभागिता जनाएका थिए । प्रशिक्षण अवधिदेखि नै सञ्चालन गरिएको मूल्याङ्कन प्रक्रिया, प्रि–जजिङ राउन्ड तथा प्रतिस्पर्धीहरूले प्राप्त गरेको अङ्कको आधारमा सुरुमा ६ जना विजेता घोषणा गर्ने योजना आयोजक संस्थाको थियो ।
तर प्रतिस्पर्धीहरूको उत्कृष्ट प्रस्तुति, निरन्तर मेहनत र समर्पणलाई मध्यनजर गर्दै आयोजकले विशेष सरप्राइज स्वरूप कुल नौ जना विजेता घोषणा गरेको जनाएको छ । अप्रत्याशित रूपमा विजेताको संख्या बढाइएको घोषणा भएपछि स्टेज र दर्शक दीर्घा दुवैतर्फ खुसी र उत्साहको माहोल छाएको थियो ।
आयोजकका अनुसार प्रतियोगिताले विवाहित महिलाहरूको आत्मविश्वास, प्रतिभा र व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । ग्राण्ड फिनाले कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति तथा विशेष आकर्षणहरू पनि समावेश गरिएको थियो ।
ग्राण्ड फिनालेका क्रममा प्रतिस्पर्धिहरुले विभिन्न सिक्वेन्सहरुमा र्याम्प वाक गर्दै विभिन्न डिजाइनहरुका सुन्दर, क्लासी तथा इलिगेन्ट पहिरनहरु प्रदर्शन गरेका थिए । ती सिक्वेन्सहरुले प्रतिस्पर्धालाई अझै गरिमामय तथा भव्य बनाएको थियो ।
कार्यक्रममा ब्राण्ड एड्भोकेटहरु श्रीजा श्रेष्ठ, गिता गुरुङ तथा डा। सुमी मल्लको उपस्थिति तथा र्याम्प वाकले यो प्रतियागिता अझै विशेष बनेको थियो । त्यस्तै, अघिल्लो सीजनका विजेताहरु सञ्जु श्रेष्ठ, रुथ सिवाकोटी तथा श्वेता बज्राचार्यको उपस्थितिले ग्राण्ड फिनाले समारोहको शोभा बढेको आयोजक संस्थाको भनाइ छ ।
ग्राण्ड फिनालेमा शोस्ट
परको रुपमा एलिजे जमालीले आफ्नो शालिन तथा आत्मविश्वासी वाकमार्फत समारोहलाई थप सुन्दर तथा स्मरणीय बनाएकी थिइन् ।
समग्रमा मिसेस भोग नेपाल सीजन ३ को यो ग्राण्ड फिनाले अत्यन्त सफल, व्यवस्थित तथा स्मरणीय बनेको प्रतिस्पर्धि, निर्णायक, प्रायोजक, अतिथि तथा उपस्थित दर्शकको सकारात्मक प्रतिक्रियाबाट पुष्टि भएको आयोजक संस्थाले जनाएको छ ।
मिसेस भोग नेपाल सीजन–३ का उपाधि विजेताहरु
मिसेस भोग नेपाल ग्राण्ड २०२६ ः प्रतिक्षा थापा
मिसेस भोग नेपाल यूनिभर्स २०२६ः प्राचि तोमर
मिसेस भोग नेपाल वल्र्ड २०२६ः किमी चौलागाई
मिसेस भोग नेपाल अर्थ २०२६ः कविता ढकाल
मिसेस भोग नेपाल ग्लोबल २०२६ः कोमल नेपाली
मिसेस भोग नेपाल टुरिजम २०२६ः ऋचा रानी राम
क्लासिक मिसेस भोग नेपाल विजेता
क्लासिक मिसेस भोग नेपाल ग्राण्ड २०२६ः श्रीनु श्रेष्ठ
क्लासिक मिसेस भोग यूनिभर्स २०२६ः ज्योती कुर्मी
क्लासिक मिसेस भोग नेपाल यूनिभर्स २०२६ः सम्झना फूयाल