" /> आयुषा गौतम र सरिता कार्कीको तीज गीत ‘दिदी बहिनी हो नि माया’ – News of Global

News of Global मंगलबार, आषाढ ३०, २०७७

काठमाडौं । पछिल्लो समयमा राम्रो सम्भावना बोकेकी गायिका आयुषा गौतमको दोस्रो तीज गीत गायिका सरिता कार्कीसँगको सहकार्यमा बजारमा आएको छ । करण न्यौपानेको शब्द र संगीतमा रहेको यो गीतलाई संगीत संयोजन भने विपिन आचार्यले गरेका हुन् । सहगायनमा गायिका डोल्मा लामिछाने मगर र मीना श्रेष्ठले साथ दिएका छन् ।

गायिका सरिता कार्की चल्तीकी गायिका हुन् । उनका लाउँछ माया, निष्ठुरे, मायालु हजार, खोलीमा जलुका जस्ता गीतहरु बजारमा चर्चित छन् । त्यसो त उनका तिज गीत पनि उत्तिकै चर्चा बटुल्न सफल भएका छन् । यसपालीको तीज गीतमा गायिका कार्कीले बालगायिका आयुषा गौतमसँग सहकार्य गरेकी छन् । तीज गीतमा दिदीबहिनीको मायालाई प्रस्तुत गरिएको छ । यसपाली तीजमा भिनाजु खोज्न बहिनीले आग्रह गरेकी छन् ।
यस गीतको म्यूजिक भिडियोमा पनि सरिता र आयुषाले नै मुख्य भूमिका निभाएका छन् । भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । दुर्गा पौडेलको छायाँकन रहेको यस भिडियो सम्पादन विष्णु शर्माले गरेका छन् । साइभिजन प्रालिले भिडियोको पोष्ट प्रोडक्सन गरेको छ । भिडियोलाई सरिता कार्कीको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]