" /> राष्ट्रपति कार्यालयमा बोलाएर फसाउन खोजियो – News of Global

News of Global आइतबार, साउन ०४, २०७७

काठमाडौं । पूर्वएमालेतर्फका केही स्थायी कमिटी सदस्यहरुले शनिबार बिहानै प्रचण्डसँग भेट गर्ने समय मागेका थिए । तर, प्रचण्डले आइतबार बिहान ९ बजे खुमलटार आउने गरी समय दिए ।

शनिबार रातभरिमा पार्टीभित्रको परिस्थिति नाटकीय रुपमा बदलियो । मंसिरमा महाधिवेशन गराउने गरी शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डबीच चोचोमोचो मिलिसकेको सन्देश बाहिरियो । र, सोही रात शीतलनिवासमा राष्ट्रपतिलाई साक्षी राखेर केपी ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माबीच थप छलफल भएपछि प्रचण्ड र ओली मिलेकै हुन् भन्ने थप सन्देश गयो ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार माधव नेपाल समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली भीम रावल, बेदुराम भुसाल, रघुजी पन्त, भीम आचार्य, लगायतका नेताहरु आइतबार बिहान खुमलटारमा पुग्दा त्यहाँ माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुन लगायतका नेताहरु भेला भइसकेका थिए ।

आफूलाई प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले परिवन्दमा पारेर शीतल निवासमा पुर्‍याएको र त्यहाँका कुरा सुन्दा फसाउन र बदनाम गर्न खोजिएको आफूलाई महसुस भएको प्रचण्डले खुमलटारमा उपस्थित नेताहरुलाई बताएका छन् ।

सबैले प्रचण्डलाई नै सोधिरहेका थिए, ‘तपाई र केपी ओलीबीच सहमति भएको हो ? मंसिरमा महाधिवेशन गर्न सम्भव छ त ? राष्ट्रपतिलाई भेट्न रातारात शीतलनिवास किन जानुभएको ?’

जवाफमा प्रचण्डले आफू केपी ओलीतिर नलागेको स्पष्टीकरण दिए । साथै प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले आफूलाई परिवन्दमा पारेर शीतलनिवासमा पुर्‍याएको र फसाउन गर्न खोजेको प्रचण्डले गुनासो पोखे ।

राष्ट्रपति कार्यलयमा बोलाएर फसाउन खोजेको महसुस हुनासाथ आफूले छोरी गंगा दाहाललाई शनिबार राति नै फेसबुकमा स्टाटस लेख्न लगाएर सहमतिको भ्रममा नपर्न भनिसकेको प्रचण्डले स्पष्टीकरण दिए ।

शनिबार सचिवालयको बैठकअघि ओलीले महाधिवशेनको प्रस्ताव बैठकमा लैजान्छु भनेर जानकारी दिएको सुनाउँदै प्रचण्डले भने, ‘हिजोको बैठकमा सो प्रस्तावको आलोचना गर्न नसक्नु र नरमरुपमा प्रस्तुत हुनु मेरो कमजोरी भयो । तर, म तपाईहरुको साथमै छु, ढुुक्क हुनोस्, ओलीजीसँग कुनै सहमति गरेको छैन ।’

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]