जनकपुर , महोत्तरीको जलेश्वर सम्सी सडकखण्डमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुबै मोटरसाईकलमा तीन/तीन जना सवार रहेको थियो । मोटरसाईकल एक आपसमा ठोक्किएपछि मोटरसाईकलमा आगो लागेको थियो । दुर्घटनास्थलमा मृत्यु भएको तीनै जनाको शव जलेको छ । मृतक र घाईतेहरुको पहिचान अहिलेसम्म खुल्न सकेको छैन् ।

दुर्घटनास्थलमा फेला परेको सामानहरुका मृतकको शरीरमा रहेको कपडा हेर्दा मृत्यु हुने तीनै विद्यार्थी रहेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय जलेश्वर, महोत्तरीले जनाएको छ ।

Nepal Telecome

जलेश्वर नगरपालिकाको बारुण यन्त्र पुगेर मोटरसाईकलमा लागेको आगो निभाएको छ भने शवलाई पोस्टमार्टमको लागि लैजाने तयारी भइरहेको महोत्तरी प्रहरीले जनाएको छ । यता, घाईते भएको अन्य तीन जनालाई जलेश्वर अस्पताल लगिएको छ ।