काठमाडौं । तमू (गुरुङ) कलाकारहरुको छाता संगठन तमू कलाकार संघमा लोकप्रिय गायिका शर्मिला गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघको चौथो महाधिवेशनबाट गायिका गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । यसभन्दा अगाडि गायक तथा नायक राजु गुरुङले ११ वर्षसम्म नेतृत्व गरेको यस कलाकार संघले महिला अध्यक्षका रुपमा गायिका गुरुङलाई चयन गरेको हो ।

Nepal Telecome

अध्यक्षको प्रत्यासी निवर्तमान उपाध्यक्ष हरिमाया गुरुङ र तत्कालिन वरिष्ठ उपाध्यक्ष शर्मिला गुरुङबीच अध्यक्ष पदमा दाबी भएपछि राति अबेरसम्म सहमति जुटाउनका लागि रस्साकस्सी नै चलेको थियो । संस्थापक कोषाध्यक्ष हुँदै निवर्तमान उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी गायिका हरिमाया गुरुङले संघको अध्यक्ष पदमा दाबी गरे पनि अन्ततः शर्मिला गुरुङलाई नै अध्यक्षमा सहमति गर्दै उम्मेदवारी फिर्ता लिएकी थिइन् ।


गायिका शर्मिला गुरुङको नेतृत्वमा रहेको ३५ जनाको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा गायक गणेश गुरुङ, प्रथम उपाध्यक्षमा गायक राजु गुरुङ चयन भएका छन् भने उपाध्यक्षहरुमा राकेश गुरुङ, सागर गुरुङ, टीकादेवी गुरुङ, विष्णुमाया गुरुङ, याम गुरुङ निर्वाचित भएका छन् । महासचिवमा गायक दुर्गा गुरुङ निर्वाचित भए भने सचिवहरुमा प्रकाश कोके गुरुङ, मनाङ गुरुङ, भिमु गुरुङ र महिला सचिवमा अनु गुरुङ निर्वाचित भएका छन् ।

संघको कोषाध्यक्षमा गायक बलबहादुर गुरुङ र सहकोषाध्यक्षमा मैता गुरुङ (नीता) चयन भएका छन् ।
सदस्यहरुमा मौसम गुरुङ, पृथ्वी गुरुङ, संगम गुरुङ, दीप गुरुङ, आइतराम गुरुङ, जालु गुरुङ, कुसुम कुमारी गुरुङ, सुनिला गुरुङ, क्षेत्रबहादुर गुरुङ, शंकर विरही गुरुङ, शेरबहादुर गुरुङ, आश्रम गुरुङ, भुपेन्द्र गुरुङ, मीन बहादुर गुरुङ, हरिबहादुर गुरुङ, टेकबहादुर गुरुङ, शितल गुरुङ, कुसुम कला गुरुङ, कुमारी गुरुङ, वीरबल घले गुरुङ, राजन गुरुङ, निशा गुरुङ निर्वाचित भएका छन् ।

तमु ह्यल छो ज धी का केन्द्रीय अध्यक्ष रेशम गुरुङको प्रमुख अतिथिमा सम्पन्न भएको चौथो महाधिवेशनको कार्यक्रममा गायिका दुर्गामाया गुरुङ, टीकादेवी गुरुङ, गायक दुर्गा गुरुङ र कलाकार राजु गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ गायक एवं संघका संरक्षक अमर विरही गुरुङ, कानूनी सल्लाहकार बेलबहादुर गुरुङ, सल्लाहकारहरु कृष्ण गुरुङ, महेश गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संघका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।