काठमाडौं । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ बजे बस्दैछ । शुक्रबार बस्ने बैठकमा महत्वपूर्ण विधेयकहरू टुंग्याउने तयारी गरिएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समय लिएर आफ्ना धारणा राख्नेछन् ।
बैठकको मुख्य एजेन्डाका रूपमा उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने ले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’ माथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।

Nepal Telecome

यसैगरी, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेयक पारित गराउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

उक्त विधेयक पारित भए प्रदेशमा अनुसन्धान, नीति निर्माण तथा जनशक्ति विकासमा नयाँ संरचना स्थापना हुने अपेक्षा गरिएको छ ।
आजको बैठकलाई प्रदेशस्तरमा नीति निर्माण र संस्थागत विकाससँग जोडिएको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।