" /> सूर्य चन्दको निर्देशनमा आयो तीज गीत ‘छमछम बजाउँदै चुरा’ – News of Global

News of Global शनिबार, साउन २४, २०७७

काठमाडौं । हिन्दू नारीहरुको महान चाड तिजको अवसर पारेर गीतकार शोभा केसीको ‘छमछम बजाउँदै चुरा’ तीज गीत बजारमा आएको छ । गायिका देविका बन्दनाको स्वरमा रहेको यस गीतलाई सम्राट थापाको संगीत तथा संगीत संयोजन रहेको छ ।

यस गीतका नेपाली चलचित्रकी वरिष्ठ अभिनेत्री शर्मिला मल्लले पहिलोपटक अभिनय गरेकी छन् । मल्लले तीज गीतमा पहिलोपटक यसरी नाचेकी हुन् । सूर्य चन्दले निर्देशन गरेको यस म्यूजिक भिडियोलाई शिव वि.कले कोरियोग्राफी गरेका हुन् । अजय रेग्मीको छायाँकन रहेको यस गीतको म्यूजिक भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन् । यस गीतको भिडियोमा शर्मिला मल्ल, सुजना बर्देवा, लक्ष्मी केसी, सोनि काररञ्जित, इन्ता श्रेष्ठ लगायतले अभिनय गरेका छन् । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]