काठमाडौँ । उपत्यकाका जिल्लाहरुमा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय भएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। औषधी पसलको हकमा भने कुनै रोकतोक हुने छैन।

Nepal Telecome

उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बुधबार मध्यरातदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। गत मंगलबार उपत्यकाका तीनै जिल्लाको सुरक्षा समितिको संयुक्त बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। निषेधाज्ञा भदौ १० गते मध्यरातिसम्म कायम हुनेछ।