काठमाडौं । गीतकार तथा पत्रकार राधिका अधिकारीलाई गीतकार संघ नेपालले आर्थिक सहयोग गरेको छ । काठमाडौंको सिभिल अस्पतालमा उपचारार्थ रहेकी अधिकारीलाई संघले आफ्नो सदस्यको हैसियतले उपचारमा आर्थिक सहयोग गरेको हो । उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संघका अध्यक्ष वसन्त वित्यासी थापा, संघका उपाध्यक्ष रमेश कोइराला र संघका सदस्य सुमन बैरागी अस्पताल परिसरमा पुगेर आर्थिक सहयोग प्रदान गरेका हुन् ।

गीतकार अधिकारी विगत एक महिनादेखि उपचारमा छिन् । १० दिन अगाडि उनको शल्यक्रिया गरिएको र हाल आइसियूबाट बेडमा सारिएको छ । लामो समयसम्म उपचारमा रहँदा आर्थिक समस्या परेका कारण उनलाई चलचित्र पत्रकार संघको अभियान मार्फत पनि उनलाई केही अघि सहयोग उपलब्ध जुटेको थियो । उनको ओभरीमा क्यान्सरको शंका गरी त्रिवि टिचिङ अस्पतालले बायोस्पी गरेको र त्यही क्रममा इन्फेक्सन भएपछि सिभिल अस्पताल लगिएको थियो । अहिले सिभिल अस्पतालको सर्जरी वार्डमा भर्ना गरी उनको उपचार भइरहेको छ । लामो समयसम्म उपचारमा लाग्नुपरेको कारण आर्थिक समस्या आइपरेको हुँदा सबैको सहयोगको अपेक्षा उनले गरेकी छन् ।

गीतकार अधिकारीको आधुनिक एल्बम किनारा विन्ध्यवासिनी म्यूजिकबाट बजारमा आएको हो । उनका गीतहरु जति छाल आए पनि, फूल फुल्यो, माइती देशको घाउ, मनमा के छ, नभए यदि भर, जिन्दगीले आफैंलाई छल्दाखेरि, पुग्नु त मैले, जिन्दगीले आफैंलाई, आज तिमी अँगालोमा लगायतका दर्जनभन्दा बढी गीतहरु रेकर्ड छ ।

Nepal Telecome