News of Global २५ आश्विन २०८३, आइतबार
logo_sideko_ads
Nepal News → Politics → Business → Entertainment → Music → Film → Society → International ‘Inmark’ Mira Rana ‘Miss Glam World Nepal 2026’ Timbung Pokhari
menusads
menusads
सेलिब्रेटी क्रिकेट उत्सव

News of Global
News of Global
आइतबार, आषाढ २८, २०८३

सेलिब्रेटी क्रिकेट उत्सव

काठमाडौं । सेलिब्रेटी क्रिकेट उत्सवको आयोजनामा हुन गइरहेको ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’ को खेलाडी अक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी हुने चार टोलीहरू-टिम वारियर्स, टिम च्याम्पियन्स, टिम रेन्जर्स र टिम टाइटन्सले अक्सनमार्फत आफ्ना खेलाडीहरू अनुबन्धित गर्दै टोलीलाई पूर्णता दिएका छन्।

Nepal Telecome

अक्सन कार्यक्रममा इन्टरनेशनल इभेन्ट म्यानेजर विक्रान्त कार्की, चर्चित आख्यानकार विप्लव प्रतीक, टिम रेन्जर्सका कप्तान एवं चर्चित लोकदोहोरी कलाकार बद्री पंगेनी, र टिम च्याम्पियन्सका कप्तान एवं चर्चित हास्य कलाकार सन्दीप क्षेत्री लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै क्रिकेट उत्सवका फाउन्डर तथा मिडियाकर्मी विवेक खतिवडाले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए। उनले यस्ता खेलकुद लिगहरूले कलाकार तथा सम्पूर्ण खेलाडीहरूको खेल भावनालाई विकास गर्ने र सबैलाई एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। यस प्रतियोगात्मक लिगको संयोजन सेलिब्रेटी क्रिकेट लिगका को-फाउन्डर सञ्जीव उपाध्यायले गरेका हुन्।

अक्सन पश्चात फाइनल भएका चारवटै टोलीका खेलाडीहरूको विवरण यस प्रकार रहेको छ:

टिम च्याम्पियन्स:

चर्चित कलाकार सन्दीप क्षेत्रीको कप्तानीमा रहेको यस टोलीमा सन्तोष उपाध्याय, गायक रवि ओड, पुरुषोत्तम मल्लिक, सौरभ शर्मा (विकेटकिपर), अभि निराैला (फास्ट बलर), क्रिश बम, सोनाम पाख्रिन, रमेश चन्द सोडारी र टंक तिमिल्सिना अनुबन्धित भएका छन्।

टिम रेन्जर्स:

लोकप्रिय लोकदोहोरी गायक बद्री पंगेनीको कप्तानीमा रहेको यस टोलीमा पेमा लामा, भ्याेमा, कविर खड्का, मौसम हिमाली, सुरेश न्याैपाने, सञ्जीव, सुबिज्ञराज पाण्डे, विजु पार्की र मोहन खड्का रहेका छन्।

टिम वारियर्स:

विप्लव प्रतीकको कप्तानीमा मैदान उत्रिने यस टोलीको मार्की खेलाडीमा दिलिप ओखेडा रहेका छन्। टोलीका अन्य सदस्यहरूमा भरत कार्की (विकेटकिपर), सन्तोष बानियाँ, आकाश खड्का, जेरी भण्डारी, लोकी रेग्मी, लक्की आचार्य र पासाङ योञ्जन लामा रहेका छन्।

टिम टाइटन्स:

विक्रान्त कार्कीको कप्तानीमा रहेको यस टोलीको मार्की खेलाडीमा नायक सुधिर श्रेष्ठ चयन भएका छन्। टोलीका अन्य खेलाडीहरूमा सौगात विष्ट, सरोज भण्डारी, अनित विष्ट, दिपु कर्ण,सञ्जिव पाठक र राजेश बिसी रहेका छन्। साउन १ गते शुक्रबार हुने यस प्रतियाेगिता क्रिकेट एक्सिलेन्स सेन्टरकाे इन्डाेर ग्राउण्डमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस !
Developed by: Websoft IT Nepal Pvt. Ltd.