काठमाडौं । गीतकार विजय गुरुङको शब्द सिर्जनामा तयार भएको नयाँ गीत ‘तिमी हिंड्ने बाटो’ सार्वजनिक गरिएको छ। गीतमा तृप्ति खड्का र लीला गौतमको सुमधुर स्वर रहेको छ भने संगीत स्वयं तृप्ति खड्काले सिर्जना गरेकी हुन्।
गीतको संगीत संयोजन तथा मिक्सिङ नरेश पाण्डेले गरेका छन्। सारेगम स्टुडियोमा रेकर्ड गरिएको यस गीतले प्रेम र भावनात्मक अनुभूतिलाई संगीतमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ।
गीतको म्युजिक भिडियोमा विजय गुरुङ र निर्जरा केसीको अभिनय रहेको छ। भिडियोको निर्देशन विजय गुरुङ स्वयंले गरेका हुन्। प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियो आकर्षक शैलीमा तयार गरिएको छ।
‘तिमी हिंड्ने बाटो’ गायिका तृप्ति खड्काको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।



