" /> २४ घन्टामा ३११४ संक्रमित, ३१४२ जना संक्रमित निको भएर फर्किए – News of Global

News of Global मंगलबार, कार्तिक १८, २०७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र १ हजार ४६८ जना संक्रमित थपिएका छन् । यसमध्ये ६४९ जना महिला र ८१९ जना पुरुष रहेका छन् ।

हाल ३० हजार ६९४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३७२ जना आईसीयू र ६८ जना भेन्टिलेटरमा छन् । यस अवधिमा ३ हजार १४२ जना संक्रमित निको भएका छन् । हालसम्म १ लाख ४१ हजार १३४ जना निको भएका छन् । नेपालमा निको हुने दर ७८।६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ । नेपाल पीसीआर परीक्षणमध्ये संक्रमण दर १२.१ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्यु दर ०.६ प्रतिशत रहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]