" /> थर्मल गनमा कालोबजारी गरेको आरोपमा जगदम्बा स्टिलका संचालक अग्रवाल पक्राउ – News of Global

News of Global मंगलबार, चैत्र २५, २०७६

काठमाडौं । शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरिएको हो।

पाँच हजार बजार मूल्य पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा महाशाखाको टोलीले उनलाई नक्सालबाट पक्राउ गरेको हो । उनको गाडीबाट ६७ वटा थर्मल गनसमेत बरामद भएको महाशाखा स्रोतले जानकारी दिए ।

कूटनीतिक नियोगको सवारी साधन २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मल गन बोकेर महँगोमा बेच्दै हिँडेको अवस्थामा पक्राउ गरको प्रहरीले जनाएको छ।

जगदम्बाका संचालक अग्रवाल मेडिकल सामग्री बिक्रेता होइनन्। तर केही समयअघि शंकर ग्रुपले चीनबाट सामग्री ल्याएको थियो। विभिन्न व्यवसायीको सामान लिन चीन उडेको नेपाल एयरलाइन्सको जहाजमा उक्त कम्पनीले सेटिङ गरेर आफ्नो सामान मात्रै ल्याएको थियो।
थर्मल गन प्रतिगोटा १५ हजारका दरले बेच्दै कोलोबजारी गर्ने गरेको सूचना आएपछि एक सातादेखि अग्रवालका पछि लागेका थियौं,ु अनुसन्धानमा संलग्न एक अधिकारीले भने। त्यसपछि प्रहरी आफैं ग्राहक बनेर ती थर्मल गन किन्न खोजेको थियो। तर एक सातासम्म अग्रवालले सुराकी हो कि वास्तविक ग्राहक हो भनेर प्रमाणित गर्न लागि परे । अन्त्यमा उनको ठम्याइले उक्त व्यक्ति वास्तवमा नै ग्राहक हो भन्ने बुझेपछि प्रतिगोटा १५ हजार रुपैयाँका दरले १० लाख बराबरको थर्मल गन किन्ने सहमति भएको र नक्सालमा भेट गर्न बोलाएको प्रहरी स्रोतले बताएको छ ।

कुटनीतिक नियोगको २०९ एचसिसी १ नम्बरको गाडीमा ६७ वटा थर्मल गन बोकेर अग्रवाल नक्साल पुगे। उता महानगरीय प्रहरी अपराध महाशाखाका सादा पोसाकका प्रहरी ती सामान किन्न भनेर नक्साल पुगेका थिए।
५ हजार रुपैयाँ पनि नपर्ने ती थर्मल गन १५ हजार गोटा बेच्न लागेपछि प्रहरीले अग्रवाललाई समात्यो र भ्यानमा हाल्यो। ‘भ्यानमा हाल्ने बेला अग्रवालले प्रहरीमाथि हातपात गरे। प्रहरीको गाडीको लुकिङ ग्लाससमेत फुटाइदिए,’ अग्रवाललाई पक्राउ गर्न खटिएका एक उच्च अधिकारीले भने।

पक्राउ परेका अग्रवाललाई सरकारी वकिलको कार्यालय मार्फत् जिल्ला प्रशासन कार्यालय बुझाइने महाशाखाले जनाएको छ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]