काठमाडौं । नेपाली खानाको परम्परागत स्वादसँगै अन्तर्राष्ट्रिय परिकारको माग बढिरहेका बेला काठमाडौंको लाजिम्पाटमा सुल्तान अरबिक ग्रिल एण्ड पापाज् बार एण्ड ग्रिल सञ्चालनमा आएको छ ।
फिल्म निर्माता तथा व्यवसायी भविष्य खड्का र व्यवसायी केदारनाथ अधिकारीले अरबी साझेदारसँगको सहकार्यमा सञ्चालनमा ल्याएको सुल्तान अरबिक ग्रिलमार्फत नेपालमा अरबी खानाको स्वाद र परम्परालाई नेपाली तथा विदेशी ग्राहकसम्म पुर्‍याउने प्रयास गरिएको छ ।

सुल्तानको मेनुमा हुमस, मुताब्बल, बाबा गनौस, शोरमा, चिकेन कबाब, शिश ताउक, मन्डी, बिरयानीलगायत सयभन्दा बढी परिकार समावेश छन् ।
सञ्चालक भविष्य खड्काले नेपालमा MICE पर्यटनको सम्भावना बढ्दै गएको उल्लेख गर्दै सुल्तान अरबिक स्वादका लागि विशिष्ट गन्तव्य बन्ने विश्वास व्यक्त गरिन् ।

Nepal Telecome

व्यावसायिक अरबी सेफमार्फत सञ्चालनमा ल्याइएको सुल्तान अरबिक ग्रिललाई केवल रेस्टुरेन्टका रूपमा नभई अरबी खानासँग जोडिएको सांस्कृतिक तथा आतिथ्य अनुभवका रूपमा विकास गर्न खोजिएको खड्काले बताइन् ।
खानासँगै पेय पदार्थ, संगीत, मनोरञ्जन तथा सामाजिक जमघटका लागि उपयुक्त वातावरण उपलब्ध गराउने उद्देश्यले सुल्तान ग्रिलसँगै पापाज ग्रिल एण्ड बार पनि सञ्चालनमा ल्याइएको छ । परिवार, साथीभाइ, स्थानीय ग्राहक, पर्यटक तथा काठमाडौंमा रहेका विदेशी पाहुनालाई एउटै स्थानमा खानपान र मनोरञ्जनको अनुभव दिने सञ्चालकको लक्ष्य छ ।

पापाज बारमा अन्तर्राष्ट्रिय नृत्यांगनाको आकर्षक प्रस्तुति तथा अन्य मनोरञ्जनका कार्यक्रमसमेत राखिएको छ ।
काठमाडौंको पर्यटन तथा आतिथ्य क्षेत्रमा नयाँ–नयाँ अन्तर्राष्ट्रिय स्वाद भित्रिरहेका बेला सुल्तान अरबिक ग्रिलको प्रवेशलाई अरबियन खानालाई काठमाडौंको ग्यास्ट्रोनोमिक पर्यटनसँग जोड्ने नयाँ प्रयासका रूपमा हेरिएको छ । विशेषगरी नेपाल आउने मध्यपूर्वी तथा अरबी मुलुकका पर्यटकलाई परिचित स्वाद उपलब्ध गराउने र नेपाली ग्राहकलाई नयाँ पाक–संस्कृतिसँग परिचित गराउने उद्देश्य सञ्चालकले लिएका छन् ।
काठमाडौंमा रहेका विदेशी समुदाय, कूटनीतिक नियोगसँग आबद्ध व्यक्ति, पर्यटक तथा नेपाली खानाका पारखीलाई लक्षित गर्दै नयाँ डाइनिङ अनुभव प्रदान गर्ने लक्ष्य रहेको खड्काले बताइन् । उनका अनुसार आगामी दिनमा ‘सुल्तान हस्पिटालिटी’ समेत विस्तार गर्ने योजना छ ।