" />
नेपालीहरूको महान चाड तिहार सुरु भएको छ । तिहार पारिवारिक रूपमा दिदीबहिनी र दाजुभाइको पुनर्मिलनको, सामाजिकरूपमा सद्भाव अभिवृद्धिको चाड हो । तिहार उज्यालोको चाड हो । दीपको उज्यालोमा धनकी देवी लक्ष्मीको पूजाआराधना हुन्छ । तिहारको देउसी–भैलो सामाजिक सद्भाव र पुनर्मिलनको प्रतिक हो । दीपावलीको उज्यालोले स्वतः उज्ज्वल भविष्यको कामना गर्छ । तिहार फूलको चाड हो । फूल कोमलता र सौन्दर्यको प्रतीक हो । यसरी तिहार समग्रमा पारिवारिक–सामाजिक पुनर्मिलन, सद्भाव अभिवृद्धि, समुन्नत/समृद्ध भविष्यको कामनाको चाड हो । परापूर्वकालदेखि हिन्दू धर्मावलम्बी नेपालीले तिहार मनाउँदै आएका छौँ । महान चाड तिहारले समस्त नेपालीमा सद्भाव र सहअस्तित्व अभिवृद्धि गरोस् । सबैको मन फूलजस्तै कोमल र सुन्दर बनोस्, दीपावलीको दीपजस्तै उज्यालो बनोस्, समृद्धिको ढोका खुलोस् ।
तिहार पर्व, २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यमपञ्चकको पाँच दिनसम्म मनाईने यस पर्वमा पशुपंक्षी र वनस्पतिलाई सम्मान स्वरूप प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको छ। तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ ।
यसपालीको तिहारमा कोभिड- १९ ले गर्दा असर परे पनि घर भित्रनै बसेर रमाइलो गर्न सकिन्छ। मेरा सम्पूर्ण शुभचिन्तक, आफन्त तथा बाटिका क्रियसनका ग्राहक बर्गमा तिहार पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
गोमा अधिकारि धिताल – मिसेस हिमालयन नेपाल -२०१८, फेसन डिजाइनर तथा समाजसेवी