" /> रेकर्ड भयो नयाँ गीत ‘तिमीले छोडेनी सक्छु’ – News Of Global

News Of Global आइतबार, मंसिर ०७, २०७७

काठमाडौं । बरिष्ठ संगीतकार राम सिटौलाको संगीतमा ‘तिमीले छोडेनी सक्छु एक्लै जिउन’ बोलको गीत रेकर्ड भएको छ । गीतकार तथा समाजसेवी ईन्दिरा बोगटीको शब्द रहेको उक्त गीतलाई दीपेन्द्र सोनामले स्वर भरेका छन् । ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको रेकर्डिस्ट भने बिप्लब अधिकारी हुन् ।
केहि दिन अघि मात्रै गीतकार ईन्दिरा बोगटीको शब्द र दिपेन्द्र सोनामकै स्वरमा ‘चोखो माया’ बोलको गीत सार्वजनिक भएको थियो । लोकप्रिय गायिका अन्जु पन्त समेतको स्वर रहेको उक्त गीतले राम्रो चर्चा र सकारात्मक प्रतिक्रिया कमाउन सफल भएको थियो ।
बरिष्ठ संगीतकार राम सिटौला’को संगीतमा नेपालका चर्चित गायक गायिकाहरुले आवाज भरीसकेका छन भने धेरै गीतहरु हिट भएका छन् । न् ।

संगीतकार सिटौला संगीत गुरुपनी हुन् । उनले संगीत सिकाएका विद्यार्थीहरु आज ख्याती प्राप्त गायक गायिका भइसकेका छन् । सिटौला गायक सोनामका समेत गुरु हुन् । गुरुको संगीतमा गीत गाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको र डर समेत लागेको गायक दीपेन्द्रले बताए । त्यस्तै दिपेन्द्रले एउटा चुनौतीको सामना गरेको उनका गुरु संगीतकार सिटौलाले बताए । गीतकार समाजसेवी ईन्दिरा बोगटी पनि पछिल्लो समय गीति लेखनमा सक्रिय रहेकी छिन् । केहि समय अघि मात्रै उनको शब्द रहेको ‘तिम्रो साँचो माया’ बोलको गीत चर्चित गायिका मेलिनाको स्वरमा सार्वजनिक भएको थियो ।

समाजसेवा संगसंगै गीत संगीतमा अग्रसर गीतकार समाजसेवी ईन्दिरा बोगटी’को रचनामा रहेका गीतहरु क्रमश आउने तयारीमा छन् ।
भने गायक मोडल दीपेन्द्र सोनाम’ले बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानको संगीतमा गायिका कुन्ती मोक्तान संग पनि गीत गाईसकेका छन्। दीपेन्द्र सोनामको अभिनयमा रहेको बदमाश र उनकै अभिनय तथा आवाजमा रहेको ९चोखो माया० गीत चर्चित गीत हो।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]