" /> शिव परियारको ‘आँशुको अर्थ’को सिक्वेल ‘तिमीले पो सक्यौ त’ – News of Global

News of Global बुधबार, पौष ०१, २०७७

काठमाडौं । गायक शिव परियारको स्वरमा आँशुको अर्थ बजारमा आइसकेपछि सफलताले शिखर चुम्यो । लोकप्रिय गायक परियारको स्वरको बजारमा चर्चा एकातिर थियो भने आँशुको अर्थ (आँशुको अर्थ के थाहा)ले अर्को चर्चाको शिखर चुम्न सफल भयो । त्यसपछि त्यही गीतको सिक्वेलमा आँशुको अर्थ–२ (मेरो भागको खुशी तिमीलाई मिलोस्) बजारमा आयो । त्यसबाट पनि उनले सफलता हात पारे । यतिखेर भने आँशुको अर्थ–३ बजारमा आएको छ ।

संचारकर्मी रवी अधिकारीको शब्द रहेको गीतमा संगीत भने स्वयंम् गायक परियारको छ । शिव आफैले भिडियोको निर्माण गरेका हुन् । गीतमा आकाश श्रेष्ठ र स्वस्तिमा खड्का फिर्चड छन् । हरि हुमागाईंको छायाँकन रहेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । निकेश खड्काको निर्देशन रहेको यो भिडियो गायक शिव परियारको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]