" /> हास्य टेलिश्रृंखला ‘दुई स्वास्नीको पोई कुना पसी रोई’ शुभमुहर्त सम्पन्न – News of Global

News of Global बुधबार, पौष ०८, २०७७

काठमाडौँ – लोकप्रिय कलाकार गीता नेपाल दाउरिको लेखनमा अलगधारको हास्य टेलिश्रृंखला ‘दुई स्वास्नीको पोई कुना पसी रोई’ बन्ने भएको छ। समाजमा रहेका बिध्यमान सामाजिक कथा बस्तुलाइ हास्य टेलिश्रृंखला मार्फत उजागर गर्दै दर्शक माझ आउन लागेको हास्य टेलिश्रृंखला ‘दुई स्वास्नीको पोई कुना पसी रोई’ को कमलादीस्थित गणेश मन्दिरमा शुभमुहर्त गरिएको छ।

ज्ञान कुमार कट्टेलले निर्देशन गर्ने उक्त सिरियलको निर्मातामा कृष्ण कार्की र सबिन पोखरेल रहेका छन्। यस सिरियलमा नरहरि प्रेमीको स्वर तथा संगीत रहेको छ भने शैलेश बर्तौलाको शब्द रहेको छ। निर्माण सुरु गरिएको यस हास्य टेलिश्रृंखला ‘दुई स्वास्नीको पोई कुना पसी रोई’ मा लोकप्रिय कलाकारहरु बिध्या कार्की, बिशाल पहाडि, नायिका सुभेक्षा थापा, गोपाल ढकाल छन्दे, गीता नेपाल दाउरि, पुरुश्वतम खड्का, दिपक खड्का, चिन्ता मणि पोखरेल, ज्ञान कुमार कट्टेल, शुष्मा ढकालको मुख्य अभिनय रहने भएको छ भने नब कलाकार बिजया बडाल र आयुष दाहाललाई पनि समाबेश गरिएको छ।

धेरै समय अघि तितो सत्य बाट चर्चा कमाउन सफल गोपाल ढकाल छन्दे र बिमली एकै साथ यस सिरियल मार्फत आफ्नै जोडीको रुपमा देखा पर्ने भएका छन्।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]