" /> गायक दिपक रिमालको कसरी भए ‘तीन्टी स्वास्नी’ – News of Global

News of Global मंगलबार, पौष १४, २०७७

काठमाडौं । काठे लोक दाहोरी गायक दिपक रिमालको ‘तीन्टी स्वास्नी’ दोहोरी गीत बजारमा आएको छ । दर्जनौं लोक दोहारी गीत बजारमा ल्याइसकेका काठे लोक दोहारी गायक रिमालको पछिल्लो लोक दोहारी गीत ‘तीन्टी स्वास्नी….’ समसामयिक विषयमा तयार भएको हो । तीनवटी बिहे गर्दा नि घर नभएपछि तनावलाई गीतमा समेटिएको यश गीतकमा तीन तीन वटी बिहे गर्दा नि तीनै वटी पोईल हिँडे पछिको अवस्था अनि घरायसी उतार चढावलाई रिमालले सरल तरिकाले प्रस्तुत गरेका छन् ।
शब्द संगीत रिमाल कै रहेको गीतमा स्वर दिएकी छिन् प्रिन्सिका शंकरले । ‘तीनटी स्वास्नी ल्याउँदा नी घर भएन’ भन्ने बोलको उक्त लोक दोहोरी गीतको भिडियोमा भक्तपुर चाँगुनारायण नगरपालिका चरेलीको रमणीय दृश्य समेटिएको छ ।

जती वटी बिहे गरे पनि घरजम नभएको विषयवस्तुलाई उठान गरिएको ‘तीन्टी स्वास्नी’ को भिडियोमा रिमालको साथमा गायिका शंकर, कलाकार निर्देशक अमरकृष्ण चन्द, नविना ब्लोन, सुन्दरी लामा, राम परियार, सरोज गहतराज, गंगा लामिछाने लगाययतले उत्कृष्ट अभिनय गरेका छन् ।
भिडियोको निर्देशन समेत गायक रिमालले नै गरेका छन् भने भिडियोमा छायाँकन सम्पादन सुमन लामाको रहेको छ ।
समय सान्दर्भिक अनि निकै नै मर्मस्पर्सी ‘तीन्टी स्वास्नी’ गीत उत्कृष्ट बनेकोले लोक दोहोरी प्रेमीहरुले मन पराइदिनेमा रिमाल ढुक्क देखिन्छन् । ‘तीन्टी स्वास्नी’ बिहे गर्दा नि घर नभएको आखिर कारण के हो त भन्ने सन्देश मुलक गीतको भिडियो उत्कृष्ट बनेको गायक रिमाल बताउँछन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]