" /> राज्यमन्त्री रामवीर मानन्धरले राखे गीत गाएर विश्व रेकर्ड – News of Global

News of Global शनिबार, पौष ११, २०७७

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड सयम गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । गायनका क्रममा उनले ५९ वोटा गित गाएका थिए । बालाजुस्थित अष्टनारायण चलचित्रहलमा विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्ड कायम गरेका हुन् ।

राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन् । मन्त्री मानन्धरले सबै गीतहरुको रोयल्टीसमेत तिरेर गाएका हुन् । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए । नारायणगोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामालगायतले गाएका गीतको ट्रयाकमा मन्त्री मानन्धरले गाएका थिए।

यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहलो भएकोले वर्ल्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ । बेलायतमा मुख्यालय रहेको वर्ल्ड बुक अफ रेकर्डले मन्त्री मानन्धरको प्रयास विश्वकै पहिलो भएको जानकारी दिएको छ । कार्यक्रममा मन्त्री मानन्धरले नेपालको कला र संगीत विश्वलाई चिनाउने प्रयास गरिएको बताए। कार्यक्रममा प्रधानमन्त्रीकि पत्नी एवं प्रथम महिला राधीका शाक्यले राजनीति र गायन सँगै अघि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिएकी थिइन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]