News Of Global सोमबार, माघ १९, २०७७

काठमाडौं । लोकप्रिय गायक चन्द्र शर्मा र गायिका जानुका तामाङको पछिल्लो गीत ‘उखु गुलियो’ चर्चामा छ । लोकप्रिय सर्जक खेम सेन्चुरीको संगीत एवं नेत्र अर्यालको शब्दमा तयार भएको गीत ‘उखु गुलियो’ सार्वजनिक भएको छोटो समयमा नै ४ लाख भन्दा माथि दर्शकहरुले मन पराइदिएका छन् । गीतको संगीत संयोजन कृष्ण बिक भान्जाले गरेका हुन् ।

‘उखु गुलियो’को म्यूजिक भिडियोमा खेम सेन्चुरी, अन्जली अधिकारी, करिष्मा ढकाल, जुना सुन्दास, गीता ढुंगाना, लोसिना लामिछानेको अभिनय तथा नृत्य रहेको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन् । नवराज उप्रेतीको छायाँकन गरेको उक्त भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
सर्जक तथा गायक खेम सेन्चुरीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोले सबैतिर चर्चासँगै दर्शकको माया पनि बटुलिरहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]