" /> जावलाखेलमा ट्राफिक चेकिङमै स्कुटर चालकको मृत्यु – News of Global

News of Global सोमबार, फाल्गुण १०, २०७७

ललितपुर । ललितपुरको जावलाखेलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि सोमबार दिउँसो ट्राफिक प्रहरीको आकस्मिक चेकिङ थियो । चेकजाँच गरिरहँदा प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटर अगाडि आयो, ट्राफिकले रोक्न संकेत गर्दागर्दै अघि बढ्यो ।

प्रत्यक्षदर्शी मुकुन्द घिमिरेका अनुसार त्यहाँ उभिएका ट्राफिक प्रहरीले पछाडिबाट स्कुटर तानेर रोक्ने कोशिस गरे । त्यसक्रममा स्कुटर अनियन्त्रित भयो र चालक उदयपुर घर भइ नखिपोट बस्ने २३ वर्षीया सिर्जना राई दायाँतिर लडिन् ।

त्यहीबेला भैंसीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसको चक्कामा उनी परिन् र गम्भीर घाइते भइन् । लगत्तै उद्दार गरेर अल्का अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेको महानगरीय प्रहरी परिसर, ललितपुरकी एसएसपी किरण बज्रचार्यले बताइन् ।

उनका अनुसार मृतकसँग सवारी चालक अनुमति पत्र नभएको पाइएको छ । भन्छिन्, ‘ट्राफिक जाँचबाट भाग्न खोज्दा दुर्घटना भएको देखिन्छ ।’ महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका प्रमुख जनक भट्टराई भने ट्राफिकले स्कुटर नतानेको दाबी गर्छन् । चेकिङकै लाइनमा रहेका प्रत्यक्षदर्शी घिमिरेले भने ट्राफिक प्रहरीको लापरबाहीका कारण दुर्घटना भएको बताएका छन् ।

‘ट्राफिक प्रहरीले पछाडिबाट स्कुटर तानेको कारण अनियन्त्रित भएर लड्न पुग्दा महिलालाई बसले ठक्कर दिएको हो, घिमिरेले भने । बस स्ट्यान्ड नजिकै ट्राफिक चेकिङ भइरहेको रहेछ । म पनि अल्का अस्पतालतर्फबाट एकान्तकुनातर्फ जाँदै थिएँ । ‘कसैलाई रोकेर चेक गर्ने र कसैलाई चेक नगरी छाड्ने क्रम चलिरहेको थियो । सोही क्रममा ती महिला पनि अघि बढिन् । तर ट्राफिक प्रहरीले एक्कासी पछाडिबाट महिला सवार स्कुटरलाई तानेको देखेको छु ।’

ट्राफिक प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]