" /> लकडाउनमा यसरी नाङ्गिए कलाकार – News of Global

News of Global सोमबार, आषाढ ०१, २०७७

वासिंटन । अमेरिकी कलाकार स्पेन्सर ट्युनिक ‘मास न्युड फोटोग्राफ्स’का लागि चर्चित छन् ।

उनी सयौँ वा कहिले त हजारौँ मानिसलाई सामूहिक रुपमा न्युड फोटोग्राफीमा सहभागी गराउँछन् । प्रारम्भिक चरणमा कानुनी झमेला र विवाद झेले पनि स्पेन्सर अचेल सामुहिक नग्न तस्बिरलाई कलात्मक रुपक प्रस्तुत गर्न माहिर भनेर चिनिछन् ।

कोभिड १९ महामारीका कारण कलाकार ट्युनिक न्युयोर्कस्थित लकडाउनको जीवन बिताउँदै छन् । रोचक त के भने, लकडाउनकै क्रममा उनले आफ्नो ‘न्युड फोटोग्राफी’बारे भिडिओ कन्फरेन्स गरे ।

यस क्रममा उनले नयाँ प्रोजेक्ट सुरु गरेका थिए । ‘स्टे अपार्ट टुगेदर’ अर्थात ‘सँगै रहनूस्’ नाम दिइएको उनको यो प्रोजेक्ट पहिले झैँ पूर्ण रुपमा सफल बन्न सकेन । तर चर्चामा रह्यो । जहाँ सयौँ महिला र पुरुष मास्क लगाएर न्युड फोटोग्राफी आर्टमा सहभागी भएका छन् । सहभागीहरुको भिडिओ स्क्रिनसटलाई उनले नग्न तस्बिरको रुपमा प्रस्तुत गरेका छन् । ट्युनिकले यसलाई पहिलेका भन्दा भिन्न तरिकाले देखाउन चाहन्थे । तर त्यसरी सोचे अनुरुप नभएपछि उनले आफ्नो २५ वर्षको इतिहासमै यसलाई फरक तरिकाले अथ्र्याएका छन् ।

यद्यपि उनको फोटोग्राफीका लागि लेबनन, उरुग्वे, दक्षिण अफ्रिकाबाट समेत सहभागी थिए । साथै उनी अझै विश्वभरबाट मोडेलको खोजीमा छन् । विभिन्न रंग, राष्ट्रियता, साइज, आकार समेट्ने गरी थप सहभागी समेट्ने तयारीमा छन् ।

५३ वर्षीय आर्टिस्ट ट्युनिकले यस पटक सामुहिकतालाई कला मार्फत प्रदर्शन गर्न खोजेका हुन् । ‘मैले सोचेको थिएँ कि, भिन्न देशका सहभागीलाई भिडिओसटका लागि सँगै ल्याउनु उत्तम उपाय हुनेछ, तर मलाई कहिल्यै थाहा थिएन कि, त्यसले सहभागीहरुमा कति भावनात्मक तरंग पैदा गथ्र्यो भन्ने ।

उनको नयाँ कामलाई भिन्न रुपमा कलात्मक भएको भनी टिप्पणी भएको छ । खासगरी उनले उन्मुक्तता, सामूहिकता जस्ता मानवीय भावनालाई यस पटकको फोटोग्राफीबाट प्रदर्शन गर्न खोजेको बताइन्छ ।

यसमा सहभागीहरु पनि ट्युनिकको कला राम्ररी बुझ्नेहरु थिए । तीमध्ये कतिपय त वर्षौँदेखि उनको क्यानभासमा अटाइसकेका पनि थिए । ट्युनिकले यसअघि सार्वजनिक रुपमा म्युनिखदेखि मेक्सिको सिटीसम्म केही सयदेखि १८ हजारसम्म सहभागी जुटाएर न्युड फोटोग्राफी सलफ रुपमा प्रदर्शन गरेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]