काठमाडौं । गायक तथा संगीतकार कृष्ण भक्त राईलाई साधना म्यूजिक अवार्ड २०७७ को अवसरमा नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । चैतको दोस्रो सातामा सम्पन्न हुन गइरएको ‘साधना म्युजिक अवार्ड २०७७’ समारोहमा उहाँलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने घोषणा गरिएको अवार्डका अध्यक्ष सामना शाहले बताइन्।

गायक राई तीन दशकभन्दा बढी समय यस क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । उनका स्वरमा रहेका गीतहरु सदाबहार बनिसकेका छन् । हजारौं सिर्जनाका अब्बल स्रष्टा राईलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिन लागिएको अध्यक्ष शाहले बताएकी ह्न् ।

सामना क्रियशनको आयोजनामा हुन लागेको अवार्ड होटल ह्यायतमा एक विशोष समारोबीच आयोजना गरी सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने छ । भर्खरै मात्र अवार्डको मनोनयनमा परेका उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ ।

Nepal Telecome


यसपटकको अवार्डमा विभिन्न ३० विधामा अवार्ड प्रदान गरिने सामना क्रियशनका अध्यक्ष सामना शाहले बताएकी छन् । अवार्ड कार्यक्रम भए पनि अवार्ड पाउने स्रष्टा र साधकलाई रिवार्ड गर्ने तयारी भइरहेको अवार्डका सदस्य सचिव गोकर्ण लामिछानेले जानकारी दिए । अवार्ड मात्र ट्रफीमा सीमित भयो तर रिवार्ड गरे कलाकारलाई पनि सहयोग पुग्ने विश्वासका साथ यो योजना बनाएको लामिछानेले बताए ।