" /> गीतकार प्रतिमा श्रेष्ठको प्रेम प्रार्थना र अक्षत अनुराग – News of Global

News of Global सोमबार, फाल्गुण २४, २०७७

काठमाडौं । कवि तथा गीतकार प्रतिमा श्रेष्ठको नयाँ गीतिसंग्रह प्रेम प्रार्थना अडियो सिडी र अक्षत अनुराग पुस्तक सार्वजनिक भएको छ । वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा दुई कृतिको लोकार्पण गरिएको हो । विशेष अतिथि गजलकार तथा गीतकार प्रा.डा. कृष्णहरि बराल, कवि तथा गीतकार दिनेशहरि अधिकारी, कवि विप्लप प्रतिक लगायतले लोकार्पण गरेका हुन् ।

प्रतिमा श्रेष्ठको शब्द एवं अनिल शाहीको संगीतमा तयार भएको गीति एल्बम ‘प्रेम प्रार्थना’मा ५ वटा गीत समावेश भएका छन् । मेरी हजुर, मिल्छ भने, सुनन, किस्ता, मेरो हजुर जस्ता गीत रहेका छन् । जसमा स्वरुपराज आचार्य, इतु जोजिजू, बबिता मानन्धर, अस्मिता परियारको स्वर रहेको छ ।
त्यस्तै अक्षत अनुराग गीतसंग्रह पुस्तकभित्र ७२ वटा गीतहरु रहेका छन् ।

एकसयभन्दा माथिको संख्यामा लोकप्रिय गीतहरु दिइसकेकी गीतकार प्रतिमा श्रेष्ठ चर्चित आरजे हुन् । उनीद्वारा रचित गीतहरुको सार्वजनिक सँगै कार्यक्रममा तीनवटा म्यूजिक भिडियो देखाइएको थियो । मेरी हजुर, किस्ता किस्ता र सुनन गीतको भिडियो प्रदर्शन गरिएको थियो । क्यूज सिनेमाहलमा भएको कार्यक्रममा अतिथिहरुले प्रतिमाउत्सव मनाएको भन्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा कवि विप्लप प्रतिक, गजलकार डा.कृष्णहरि बराल र कवि तथा गीतकार दिनेश अधिकारीले शुभकामनासहित गीतकार प्रतिमा श्रेष्ठलाई लेखनकार्यको निरन्तरतालाई बधाई दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक दीप श्रेष्ठले गीतसंगीत र गायनको बारेमा व्याकरणका केही कुराहरु सुझाव दिँदै गीतकार श्रेष्ठका सिर्जनामा लोभिएको बताएका थिए ।

कार्यक्रम लोकप्रिय संचारकर्मी तथा गीतकार नरेश भट्टराईले संचालन गरेका थिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]