News Of Global आइतबार, चैत्र ०८, २०७७

काठमाडौं । लोकप्रिय गायिका मञ्जु पौडेलले आउँदै गरेको नेपालीहरुको महान पर्व होलीलाई लक्षित गर्दै होली विषेश गीत ‘होली पर्व’ बजारमा ल्याएकी छन् । नेपालीहरूको खुशीको पर्व, विजयको पर्व अर्थात् रङ्गहरुको पर्वका रुपमा मनाउँदै आइएको होलीमा खुशीयाली साट्नका लागि ‘होली पर्व’ गीत विशेष रहने बताइएको छ । गायिका मन्जु पौडेल र गायक निरज श्रेष्ठले स्वर दिएको ‘होली पर्व’ गीतलाई गायिका मन्जु पौडेलको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
‘होली पर्व’ गीतमा गायिका मञ्जु आफैले शब्द सिर्जना गरेकी छन् भने गीतको संगीत, एरेन्ज र मिक्सिङ गायक निरज श्रेष्ठले नै गरेका छन् ।

होली विशेष गीतको भोडियोको निर्देशन र छायांकन दुर्गा पौडेलले गरेका छन् भने कोरियोग्राफि राजाराम सिम्खडाले गरेका छन् । यस भिडियोको सम्पादन भने नवीन घर्तीमगरले गरेका छन् ।

‘होली पर्व’ गीतको भिडियोमा गायिका मन्जु पौडेलले आफ्नी छोरी स्नेहालाई प्रस्तुत गरेकी छन् । भिडियोमा स्नेहालाई नायक प्रज्वल सुजल गिरीले साथ दिएका छन् । त्यस्तै अनुस्का अधिकारीको जोडीको रुपमा आर्शु महर्जनलाई फिचरिङ गरिएको छ । स्नेहा पौडेलले यसभन्दा अघि पनि केही म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । स्नेहाले अभिनय गरेको म्यूजिक भिडियो ‘धुवाँसरी’ले निकै चर्चा बटुलेको थियो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]