News Of Global बिहिबार, चैत्र १९, २०७७

काठमाण्डौ । चौकुने वडा नं–४ बिजौरा घर भई हाल कोरियामा रहेका गगन रावलको सोमबार राति निधन भएको हो। ४ वर्षको अवधि सकेर घर फर्कने तयारीमा रहेका रावलको राती मृ’त्यु भएको हो।
उनका सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्कासि ठूलो आवाजले चिच्याएका थिए। आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बेहोस अवस्थामा थिए ।
तत्काल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृ’त घोषणा गरेको थियो । हाल उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।
घटनाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानकारी गराइसकिएको र शवलाई केही दिनमै नेपाल पठाउने तयारी भइरहेको बताइएको छ।
घटनालाई नियाल्दा उनको हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले बताउनुभयो।
घर आउनका लागि टिकट समेत काटेर सपिङ गरिरहेका उनको यसरी कोरियामै मृ’त्यु भएको हो। उनको घरमा आमा बुवा र एउटी बहिनी रहेकी छिन्।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]