" /> शान्ति चाहनुहुन्छ भने अरुको खराब पक्ष होइन, राम्रो पक्षमा ध्यान दिनुहोस् – News of Global

News of Global आइतबार, चैत्र २२, २०७७

एकदिन उनी गाउँको मन्दिरमा गए र भगवानसँग प्रार्थना गर्न थाले । आफूले किन सुख–सुविधा पाइनँ भनेर ती व्यक्तिले भगवानलाई समेत नानाथरी भनिरहेका थिए । भगवान प्रकट हुँदा ती अशान्त व्यक्तिले भगवान समक्ष उनको जीवन सुखी हुन र मन शान्त रहनका लागि कुनै तरिका बताइदिन आग्रह गरे । छिमेकीको नकारात्मक पक्ष भएको थैलीलाई तिमीले पिठ्यूँ पछाडि झुण्ड्याउ र आफ्नो नकारात्मक पक्ष भएको थैलीलाई अगाडि झुण्ड्याउ । आफ्ना नकारात्मक पक्षलाई बारम्बार खोलेर हेर । यस्तो गर्छौ भने तिमी सुखी हुन्छौ ।’ ती व्यक्तिले दुबै थैली उचाले । तर उनले एउटा गल्ती गरे । उनले आफ्नो नकारात्मक पक्ष भएको थैली पिठ्यूँमा झुण्ड्याए र छिमेकीको नकारात्मक पक्ष भएको थैली अगाडि झुण्ड्याए ।
अब ती व्यक्तिले दुबै थैली लिएर बाहिर निस्कियो र छिमेकीको नकारात्मक पक्ष भएको थैली आफैं पनि हेर्दथ्यो र अरुलाई पनि देखाउँथ्यो । आफ्नो नकारात्मक पक्ष त उनले पिठ्यूँ पछाडि राखेका थिए ।
भगवानले जे भनेका थिए, त्यसको ठिक विपरित हुनथाल्यो । किनभने उनले काम नै उल्टो गरेका थिए । उनको जीवनमा थप दुःख र अशान्ति बढ्यो । ती व्यक्ति थप चिन्तामा पर्न थाले । उनी उक्त मन्दिरमा पुनः गए र भगवान् प्रकट भए । व्यक्तिले भगवानसमक्ष आफ्नो दुःख थप बढेको बताए ।
भगवानले भने, ‘तिमीले आफ्नो नकारात्मक पक्षलाई नै पिठ्यूँमा झुण्ड्याएका छौ र अरुको नकारात्मक पक्षलाई अगाडि । आफ्नो नकारात्मक पक्ष पिठ्यूँमा झुण्डिएका कारण तिमीले त्यो देख्न सकेनौं र अरुको नकारात्मक पक्ष अगाडि हुँदा तिम्रो पूरा ध्यान अरुको नकारात्मक कुरामा मात्रै केन्द्रीत भयो । त्यसैले जीवन अशान्त भयो । मैले तिमीलाई आफ्नो नकारात्मक पक्ष अगाडि राख्न र अरुको पिठ्यूँमा राख्न भनेको थिएँ । अर्थात्। आफ्ना खराब पक्ष हेरिराख र त्यो सुधार्ने कोसिस गर । अरुको खराब पक्षलाई पछाडि राख्नुको अर्थ तिमीले अरुको कमी कमजोरीमा ध्यान दिनु हुँदैन । अरुको सकारात्मक पक्षलाई ध्यान देउ र आफ्नो नकारात्मक पक्ष ठिक गर्ने कोसिस गर्यौ भने तिम्रो जीवनमा सुख शान्ति स्वतः आउनेछ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]