" /> धन कमाउन विदेश जानेहरु वर्षेनी सयौँको संख्यामा बाकसमा फिर्ता – News of Global

News of Global बुधबार, चैत्र २५, २०७७

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार गत चैतमा कोरोना महामारी फैलिएपछि हालसम्मको अवधिमा विदेशमा ८ सय ८१ जनाले विदेशमै प्राण त्यागेका छन् । तीमध्ये १ सय ७३ जनाको शव परिवारको सहमतीमा विदेशमै सद्गद् गरिएको छ भने ७ सय ८ जनाको शव नेपाल ल्याइएको छ । अझैँ ६ वटा जति शव विदेशमा रहेको सूचनामा आएको निर्देशक श्रेष्ठ बताउछन् । कुनै नेपाली श्रमिक विदेश प्रस्थान गर्नुपूर्व बोर्डलाई स्वास्थ्य सुरक्षालगायत विषयमा १५ सयदेखि २५ सय रकम बुझाउनुपर्दछ । जुन रकमले विदेशमा श्रमिक अप्ठ्यारोमा परे उद्धार, मृत्यु भएमा शव नेपाल ल्याउने र परिवारलाई क्षतिपूर्ति दिने गर्छ । उनीहरुबाटै आउने रेमिट्यान्सले धानेको छ मुलुक । सरकार केवल श्रमिकबाट रेमिट्यान्स आएको विवरण टिपोट गर्ने तर, देशमा कुनै गतिलो रोजगार सिर्जना नगर्नु विकराल समस्या रहेको वैदेशिक रोजगार विज्ञहरुको भनाइ छ । विडम्बना के छ भने( रोजगारका लागि विदेश जानेहरु वर्षेनी सयौँको संख्यामा बाकसमा फिर्ता भइरहेका छन् । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार कूल मृतकमध्ये ६ महिलाले विदेशमा ज्यान गुमाएका छन् । बोर्डको कल्याणकारी कोषको रकमबाट लकडाउन अघि र पछिको कोरोना अवधिभित्र ४ सय ३५ श्रमिकको शव निश्चित परिवारलाई ढुवानी गरेर बुझाइएको निर्देशक श्रेष्ठ बताउछन् ।
निर्देशक श्रेष्ठका अनुसार मलेसिया र खाडी मुलुकबाट शव ढुवानी गर्दा न्यूनतम् ३ लाखदेखि ९ लाख लाग्छ भने युरोपलगायत देशबाट शव ल्याउँदा ९ लाखभन्दा बढी लाग्छ । र, नेपाल ल्याइसकेपछि परिवारसमक्ष बोर्डले नै पुर्याउछ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]