" /> हाडनातामै असुरक्षीत नारी : नाताभित्रकै र संरक्षक भनिएकै व्यक्तिबाट यौनशोषण – News of Global

दिपेश अधिकारी बिहिबार, चैत्र २६, २०७७

परिवारभित्रैका पुरुषले हाडनाता सम्बन्ध भएका महिलामाथि गरेका करणीका घटनाले समाज नै कलंकित हुने बाटोमा जाने खतरा बढाएको छ । बाहिर यौनकुण्ठा पोख्न नपाएको आवेग, उत्तेजना र अविवेकी हर्कत परिवारभित्र देखिँदा यस्ता जघन्य अपराध बढ्दै गएको छ । किन यस्तो अपराध भइरहेको छ भनेर सूक्ष्म अध्ययन गर्न आवश्यक देखिएको  । ‘जहाँ समाज हुन्छ, छ । अपराध पनि स्वाभाविक रूपमा त्यहीं हुने हो, तर त्यो नियन्त्रण गर्न सकिन्छ कि सकिँदैन भन्ने महत्त्वपूर्ण हो,’ परिवार र समाजमा अस्वाभाविक रूपमा हुर्कंदै गएको यौनतृष्णा मेटाउने वैकल्पिक उपायबारे सरकारी तहबाटै यौनशिक्षा दिनुपर्नेमा जोड दिनुपर्छ ।
जति नै कठोर कानुन आए पनि महिला भोगविलासका वस्तु हुन् भन्ने मानसिकता परिवर्तन नभएसम्म यस्ता अपराध निर्मूल र नियन्त्रणमा नआउने भएको छ । ‘सरकारले यस्ता अपराध रोकथाम र नियन्त्रण गर्न विशेष रणनीति ल्याउनुपर्यो । त्यसलाई अन्य सरकारी, गैरसरकारीलगायत सबै क्षेत्रले पनि अपनत्व लिएर अपराधविरुद्ध अघि बढ्नुपर्छ,’  । हाडनाता करणीलगायत अपराधविरुद्ध परिवारभित्रैबाट खुला बहस गर्न आवश्यक भएको बताउँछन् । ‘अब अपराध सहेर बस्न हुँदैहुदैन । हाडनाताभित्रकै र संरक्षक भनिएकै व्यक्तिबाट यौनशोषण भएका यी केही प्रतिनिधिमूलक घटना हुन् । हाडनाताकै व्यक्तिबाट त्यसमा पनि घरभित्रै बालिका र किशोरी बलात्कृत भएका घटना सार्वजनिक हुने क्रम पछिल्लो समय बढ्दै गएको छ । बाबुले छोरी, छोराले आमा, ससुराले बुहारी, दाजुरभाइले दिदीबहिनी, मामाले भान्जीलाई समेत बलात्कार गरेका घटना २०७४ साउनयता मात्र प्रहरी कार्यालयमा एक हजार वटाभन्दा बढी दर्ता भएका छन् । गुपचुपै राखिएका यस्ता घटना पनि उल्लेख्य हुन सक्ने प्रहरीको अनुमान छ ।घरभित्र हुने यस्ता अपराध बाहिर आउने सम्भावना न्यून रहेको र अपराध भित्रभित्रै लुक्दा पीडित न्यायबाट टाढै हुने गरेको उनले बताइन् । ‘हाडनाताभित्रैबाट हुने बलात्कारको ग्राफले महिला घरभित्रै सुरक्षित छैनन् भन्ने देखाउँछ । जब घरभित्रै सुरक्षित र सम्मानपूर्वक बाँच्न पाइँदैन, रगतको नाता भएकैबाट पाशविक व्यवहार हुन्छ भने महिलाले कहाँ गएर सम्मान र सुरक्षित रूपमा बाँच्ने 

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]